अख्तियारका कार्यबाहक प्रमुख आयुक्त गणेशराज जाेशीद्वारा राजीनामा,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यबाहक प्रमुख आयुक्तले राजीनामा दिएका छन् । कार्यबाहक प्रमुख डा गणेश राज जोशीले राजीनामा दिँदै सोसम्बन्धी पत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका हुन् ।  आयुक्त भएपनि पछिल्लो समय कार्यबाहककाे भूमिकामा रहेका  जोशीले संविधानको धारा २३८ को उपधारा ४ को खण्ड क बमोजिम राजीनामा दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राई नियुक्त भएसँगै उनले राजीनामा दिएका हु्न् । आज राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्ति गरेकी थिइन् भने उनीहरुको आजै पद तथा गोपनियताको शपथ भएको थियो । 

जसअनुसार राईको अख्तियारमा प्रवेश भएको हो । प्रधानमन्त्री केपी ओली निकट मानिने उनी पूर्व गृहसचिव हुन् । 

यस्तै अख्तियारको आयुक्तमा जयबहादुर चन्दको समेत नियुक्ति भएको छ । उनलाई तत्कालीन देउवा सरकारले प्रहरी प्रमुख बनाउन खोजेपछि अदालतले उल्ट्याइदिएको थियो । एआईजीबाट अवकाश भएपछि उनले अहिले फेरि काँग्रेस सभापति शेरबहादुर देउवाकै जोडबलमा अख्तियारमा प्रवेश पाएका हुन् । अख्तियारकै आयुक्तको रुपमा किशोर कुमार सिलवाल पनि नियुक्त भएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...