गौरीशंकर आधारभूत विद्यालयका बालबालिकालाई भित्तेपत्रिका लेखन तालिम सञ्चालन

१९ माघ, सुर्खेत ।
सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर ६ मा रहेका बालबालिकाहरूलाई भित्ते पत्रिका लेखन सम्बन्धी तालिम सञ्चालन गरिएको छ । अस्ट्रेलियन एड, कारितास अस्ट्रेलियाको सहयोग तथा र कारितास नेपालको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।
गौरीशंकर आधारभूत विद्यालयमा रहेका सिर्जनशील बाल समूहका ३१ जना बालबालिकाहरूलाई आधारभूत पत्रकारिता, भित्तेपत्रिका लेखन, यसको महत्व लगायतका विषयमा छलफल तथा प्रयोगात्मक रुपमा जानकारी दिइएको छ ।
बालबालिकाहरूले भित्ते पत्रिका प्रकाशन नियमित गर्ने र यसका लागि विद्यालय र संस्थाले समन्वय गरिदिनुपर्ने बताएका छन् । साथै उनीहरूले भित्ते पत्रिका प्रकाशन गर्ने कुरा आफैमा सृजनशीलता भएको हुँदा यसलाई निरन्तरता दिने समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...