मेयरकप फुटवलमा खेलाडी घाइते, उपचारमा सहयोग गरिदिन आफन्तको आग्रह,

676 पटक हेरिएको

पञ्चपुरी नगर खेलकुद बिकास समितिको आयोजनामा सोमवार देखि पञ्चपुरी २ को पलैटेमा सुरु भएको पञ्चपुरी मेयरकप फुटबल प्रतियोगितामा फुटबल खेल खेलिरहेका एक खेलाडी घाइते भएका छन । दोस्रो दिन पञ्चपुरी वडा नं १ र ७ बिच भइरहेको खेलमा वडा नं १ छिपछिपेका खेलाडी वीर वहादुर सिजापती घाइते भएका छन ।
सिजापतिको दाहिने खुट्टा २ ठाउमा भाँच्चिएको र हाल सुर्खेतको ट्रमा केयर सेन्टरमा उपचार भैरहेको उनका आफन्त बिरेन्द्र सलामीले जानकारी दिएका छन । उपचारमा करिव ७० हजार बढि खर्च लाग्ने र पारिवारिक अवस्था कमजोर भएका कारण सहयोग गरिदिन आफन्तजनले सबैलाई अनुरोध समेत गरेका छन । वडा नं १ को कार्यालयले तत्काल सहयोगको कुनै रकम नभएको र आवश्यक पहल गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...