सरकारले उपलब्ध गराएकाे काेराेना भाईरस बिरुद्धकाे खाेप पञ्चपुरीमा पनि लगाउन सुरु गरिएको छ । पहिलाे चरणमा फ्रण्टलाईनमा रहेका स्वास्थ्य कर्मी, महिला स्वास्थ्य स्वयंसेवीका, सुरक्षाकर्मी लाइ लगाउन सुरु गरिएको हाे ।
आज प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख शरण बडुवाल, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले खाेप हस्तान्तरण गर्नुभएको छ । खाेप बुझ्दै पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र बहादुर थापाले काेराेनाको जाेखिममा रहेकाहरुलाई पहिलो चरणमा खाेप लगाउने बताउनुभयो ।
स्वास्थ्य शाखा प्रमुख गंगादेब पुरीले पहिलाे खाेप लगाएर सुरुवात गर्नुभएको हाे । अाज मात्रै स्वास्थ्य कर्मचारी ४५ जना, स्वास्थ्य स्वयंसेवीका ६४ जना, अन्य कर्मचारी १८ जना, सरसफाइ कर्मी १ जना र एम्बुलेन्स चालक २ जना गरि १ सय ३० जनालाई खाेप लगाईएकाे छ ।