शिद्धेश्वरी माद्यामिक बिद्यालय पञ्चपुरी ८ दह सान्नेको बार्षिकउत्सव सम्पन्न,

शिद्धेश्वरी माद्यामिक बिद्यालय पञ्चपुरी ८ दह सान्ने सुर्खेतको ४४ औ बार्षिकउत्सब हिजो सम्पन्न भएको छ । पञ्चपुरीको ८ को दह सान्नेमा भएको कार्यक्रममा बिद्यालयले गरेको काम तथा अवस्थाको बारेमा जानकारी दिनुका साथै बिद्यालयको प्रगतिको बारेमा समेत जानकारी दिइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एबम पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीले बिद्यालयको शैक्षिक तथा भौतिक अवस्था सुधार गर्नको लागि शिक्षक अभिभावक र बिब्यस को महत्वपूर्ण भुमिका रहने बताउनुभएको छ ।
पञ्चपुरी नगरालिकाले शिक्षाको क्षेत्रमा प्राथमिकता साथ अगाडी बढाएको बताउदै भण्डारीले बिद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी नहुनु सबै बिद्यालयमा समस्या भएको हुदा नगरपालिकाले पनि केही राहत स्वरुप स्वयंसेवक शिक्षकको ब्यवस्थापन गरेको बताउनुभएको छ । भण्डारीले आगामी दिनमा बिद्यालयको सुधारका लागि नगरपालिका सधैं सकारात्मक रहेको र आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।
त्यसैगरी कार्यक्रमको सफलताको शुभकामना दिदै नेपाली काङ्ग्रेस पञ्चपुरी ८ का सभापति सुशील घिमिरेले बिद्यालयको भौतिक संरचना भएर मात्रै उपलब्धि मान्न नहुने बताउनुभएको छ । भौतिक बिकास संगै बिद्यार्थीको शैक्षिक गुणस्तरका लागि पनि शिक्षकको ध्यान जानुपर्ने बताउनुभएको छ ।

बिद्यालयले बिद्यालयमा योगदान पु¥याउने विभिन्न अभिभावक, शिक्षक, बिब्यस लगाएतलाइ सम्मान समेत गरेको छ ।
बिद्यालयको २ कोठे भवनको समेत शिलान्यास गरिएको छ । भेलामा बिद्यालयका बालबालिकाहरुले कार्यक्रममा साँस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए । कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिपक कुमार थापाको अध्यक्षतामा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...