राष्ट्रिय सभा चुनावमा कर्णालीका गठबन्धन उम्मेदवार विजयी,

राष्ट्रिय सभा सदस्यमा कर्णालीमा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । बुधवार भएको चुनावमा गठबन्धनका उम्मेदवारहरू विजयी भएका हुन् ।  

गठबन्धनको तर्फबाट कांग्रेसकी दुर्गाकुमारी गुरुङ (महिला), नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट (अपाङ्गता) र नेकपा एकीकृत समाजवादीका उदयबहादुर बोहोरा (खुला) राष्ट्रिय सभा सदस्य पदमा विजयी हुनुभएको हो ।

गुरुङले तीन हजार दुई हजार ९ सय ७० मतभार, विष्टले तीन हजार ६ र बोहोराले तीन हजार ६ मतभार ल्याएर विजयी हुनुभएको हो । कर्णालीमा तीन सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको थियो ।  कर्णालीमा राष्ट्रिय सभा सदस्यका लागि भएको चुनावमा १ सय ९१ मतदातामध्ये १ सय ८९ जनाले मत खसालेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...