सहिद दिवसको अवसरमा बिद्याज्याेतिमा खेलकुद प्रतियोगिता सुरु,

सहिद दिवसको अवसरमा बिद्याज्याेति माद्यामिक बिद्यालयमा बाबियाचाैरमा  खेलकुद प्रतियोगिता सुरु भएको छ । पञ्चपुरीकाे बाबियाचाैरमा रहेकाे बिद्यालयमा अन्तर सदनात्मक खेलकुद सुरु भएको हाे ।

खेलकुद कार्यक्रमकाे उद्घाटन गर्दै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लाेकेन्द्र रावलले बिद्यार्थीकाे सम्पुर्ण बिकासका लागि खेलकुद पनि महत्त्वपूर्ण रहेकाे बताउनुभएको छ । खेलकुद कार्यक्रमकाे सफलताको शुभकामना दिदै बिद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद सापकाेटाले खेलकुद बिधा राष्ट्र कै गहना भएको हुदा बिद्यालय स्तरबाटै सुरुवात गर्नुपर्ने बताउनुभएको छ ।

३ दिन सम्म सञ्चालन हुने खेलकुद प्रतियोगितामा एथलेटिक्स, भलिबल लगाएतका खेलकुद सञ्चालन गरिएको छ । कार्यक्रममा बिद्यालयका सहायक प्रधानाध्यापक तिर्थराज भण्डारीले स्वागत मन्तब्य राख्नुभएको थियो । खेलकुद कार्यक्रम बिद्यालयका अतिरिक्त क्रियाकलाप संयाेजक शेरबहादुर देउवाकाे अध्यक्षता सुरु भएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...