वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि पञ्चपुरी २ र ३ का नागरिक खुसी

१३ माघ, सुर्खेत ।
सुर्खेतको पञ्चपुरी नगरपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता बापतको रकम वितरण गर्न थालेपछि ज्येष्ठ नागरिक उत्साहित बनेका छन् । नगरपालिकाको वडा नं २ र ३ का जेष्ठ नागरिकलाइ अव देखि वडाबाटै भत्ता बितरण गर्न लागिएको छ । बैंकमा भत्ता लिन जान निकै कठिन परेको बेला वडाबाटै भत्ता बुझ्न पाएपछि जेष्ठ नागरिको मुहारमा खुशी झल्किएको हो ।
नगरपालिकाले बैंक सँगको सहकार्यमा वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको नगरपालिका प्रमुख लालबीर भण्डारीले जानकारी दिनुभयो ।

वडा नं २ का अध्यक्ष यामबहादुर बिसीले जेष्ठ नागरिकलाइ बैंकमा लाइन बस्नुपर्ने झन्झट र गाडी भाडा खर्च सङ्गै बैंक सम्म पुग्नु पर्ने समय बाट मुक्ति मिलेको बताउनु भएको छ । नगरपालिकाले यस अघि नै वडा नं १, ७, १० र ११ को वडामै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...