पञ्चपुरीको प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा आज देखि नया एम्बुलेन्स सञ्चालनमा आएको छ । यस अघि स्वास्थ्य केन्द्रमा सञ्चालनमा रहेको एम्बुलेन्स पुरानो भएको र बिरामीहरुको चाप बढ्दै गएपछि नया एम्बुलेन्स खरिद गरिएको वडा नं २ का अध्यक्ष यामबहादुर बिसीले बताउनुभएको छ ।
नया एम्बुलेन्सको नगरप्रमुख लालवीर भण्डारी, उप प्रमुख मुक्ति रेग्मी, पुर्व नगरप्रमुख उपेन्द्र बहादुर थापाको उपस्थितिमा उद्घाटन गरिएको छ । पश्चिम सुर्खेतको एक मात्रै प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा दैनिक अछाम, सुर्खेत कैलाली लगाएतका केही ठाउका नागरिकहरु उपचारको लागि आउने गरेमा छन ।
नया एम्बुलेन्स खरिद गरे संगै पुरानो एम्बुलेन्स लाई शव बाहनका लागि प्रयोगमा ल्याईने अस्पताल प्रशासनले जनाएको छ । नगरपालिकाको करिव २० लाखको लगानीमा सुबिधा सम्पन्न नया एम्बुलेन्स खरिद गरिएको हो । एम्बुलेन्स सञ्चालनमा आए संगै नागरिकहरुलाई थप सहज हुने देखिएको छ ।