समाजवादीकाे पञ्चपुरीमा स्टिकर अभियान सुरु,

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पञ्चपुरी नगर कमिटी वडा नम्बर ६ को वडा कमिटी कार्यलय अाज उद्घाटन गरिएको छ । सामाजबादिकाे वडा ६ मा जनबर्गिय संगठन नेपाल दलित मुक्ति संगठन काे १९ सदस्यीय वडा कमिटी र अखिल नेपाल महिला संघ काे १९ सदस्यीय वडा कमिटी गठन गरिएको छ।

कार्यक्रम वीर ब सार्कीकाे अध्यक्षता र प्रमुख अतिथी कर्णाली प्रदेश कमिटी सदस्य मन ब कामी, सुर्खेत जिल्ला सचिवालय सदस्य प्रेमराज ढुंगाना नगर कमिटी अध्यक्ष रमेश बौडेल, जिल्ला कमिटी सदस्य तेज रोकायकाे सहभागीतामा सम्पन्न भएको हाे ।

पार्टीले पञ्चपुरीका घर घरमा स्टिकर अभियान समेत सञ्चालनमा ल्याएकाे सुर्खेत जिल्ला कमिटी सदस्य तथा युवा संघ नेपाल सुर्खेत जिल्ला सचिव तेज बहादुर रोकायले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...