काेराेना महामारीमा हाम्राे संयमता, समयमै कुष्ठराेग ब्यवस्थापनमा सक्रियता भन्ने मुख्य उद्देश्यका साथ ६८ अाै बिश्व कुष्ठराेग दिबश २०७७ जनचेतनामूलक कार्यक्रम अाज सुर्खेतकाे बाबियाचाैरमा सम्पन्न भएको छ । अाईएनएफ सुर्खेतकाे अायाेजना, पञ्चपुरी नगरपालिका, बिद्याज्याेती माद्यामिक बिद्यालय बाबियाचाैर, समाबेशी स्वावलम्बन समुहकाे समन्वयमा कार्यक्रम भएको हाे । कार्यक्रमकाे उद्देश्य माथि संस्थाका कार्यक्रम संयाेजक मंगलबहादुर थारुले प्रस्ट पार्नुभएकाे हाे । कार्यक्रमकाे शुभकामना मन्तब्य दिदै बिद्याज्याेती माद्यामिक बिद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद सापकोटाले कुष्ठराेग निवारणका लागि बालबालिकाले घरमा र समुदायमा जनचेतना जगाउन अाग्रह गर्नुभएको छ ।

त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि पञ्चपुरी नगरपालिका का प्रमुख उपेन्द्र बहादुर थापाले कुष्ठराेग केहाे यसबाट बच्ने उपायबारे बिद्यार्थीले जानकारी लिन अाबश्यक रहेकाे बताउनुभयो । समुदायमा काेहि कुष्ठराेगका बिरामी भएमा नगरपालिकामा जानकारी गराउन समेत अाग्रह गर्नुभयाे । संस्थाले प्रत्येक बिद्यालयमा पुगेर कुष्ठराेग तथा सरुवा राेगकाे बारेमा जानकारी दिएमा थप प्रभाबकारी हुने बताउनुभयो । फरक प्रसंगमा बाेल्दै थापाले काेराेना महामारीकाे समयमा बिद्यालयलाई मास्क बितरण गरिएको र यसकाे प्रयाेगलाई निरन्तरता दिन सुझाव समेत दिनुभयो । उदयबहादुर हमालले संचालन गरेकाे कार्यक्रम समाबेशी स्वावलम्वन समुहका अध्यक्ष राजकुमार कडेलकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।