नेपाल लोकतन्त्रबादी आदिबासी जनजाति महासंघ चौकुने सुर्खेत प्रथम अधिवेशन चौकुनेमा सम्पन्न भएको छ । गाउपालिकामा रहेका जनजातीहरुको भेलाले अधिबेशन सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अथिती नेपाली काङ्ग्रेस जिल्ला सुर्खेतका उपसभापति टोपबहादुर रावतले जनजातीको भाषा संरक्षणका लागि राज्यले पनि चासो दिनुपर्ने बताउनुभएको छ । साथै उहाले जनजातीहरुलाइ राज्यका हरेक निकायमा पहुच पुगाउनको लागि नेपाली कांग्रेसले पहल गर्ने समेत बताउनुभएको छ ।
कार्यक्रममा नेपाल लोकतन्त्रबादि आदिवासी जनजाति महासंघ सुर्खेतका सभापति लगायत थुप्रै नेताहरूको उपस्थिति रहेको थियो । आफ्नै मगर भाषामा माया रानाले स्वागत मन्तब्य गर्नु भयो भने कार्यक्रमको कबिराम बाठामगरको अध्यक्षतामा सम्पन्न भएको हो ।