सुर्खेत ।
पञ्चपुरीका बिपन्न १८ जना बालिकालाई छात्रवृत्ति सहयोग गरिएको छ । केयर नेपालको आर्थिक सहयोग तथा आवाज संस्था सुर्खेतको सहजीकरणमा सञ्चालित वालिका शसक्तीकरण परियोजना मार्फत बालिकाहरुलाई स्टेसनरी सहयोग गरिएको हाे । बाबियाचाैरकाे बिद्याज्याेती माद्यामिक बिद्यालयमा अध्ययनरत बालिकाहरुलाई उनिहरुकाे पढाइमा थप सहयाेग पुर्याउने उद्देश्यका साथ सामाग्री सहयाेग गरेकाे आवाज संस्थाका सामाजिक परिचालक बिनिता बिसीले जानकारी दिनुभएको छ ।
कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिका उप प्रमुख मुक्ति रेग्मीले नगरपालिकामा रहेका बिपन्न तथा अनाथ बालबालिका हरुकाे लागि शैक्षिक सहयाेगका लागि निर्देशिका तयार गर्ने याेजना बनेकाे बताउनुभएको छ । बिद्यालय जाने उमेर समुहका बालबालिकाहरुलाई बिद्यालय ल्याउने स्थानीय सरकारकाे प्रमुख काम भएको हुदा शिक्षा र स्वास्थ्यमा नगरपालिकाले याेजना बनाएर काम गर्ने बताउनुभएको छ । कार्यक्रममा १८ जना बालिकालाई १ थान झाेला स्टेसनरी लगाएतका सामाग्री बितरण गरिएको हाे । कार्य बिद्यालय ब्यवस्थापन समितिका जेष्ठ सदस्य चन्द्रबहादुर सार्कीकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।
