पञ्चपुरी ६ को भावर र माल्लाफे जोड्ने झोलुङ्गे पुल निर्माण भए संगै नागरिकहरु खुसि भएका छन । एउटै गाउको बिचमा भएको गहिरो खोलाले सिमाना छुट्याएको माल्लाफे भावरमा पुल निर्माण हुदा सजिलो संग आवत जावत गर्न सकिने स्थानिय मानबहादुर बयकले बताउनुभएको छ ।
पुलको एक कार्यक्रमका बिच पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारी, नगर उप प्रमुख मुक्ति रेग्मी, पुर्व नगर प्रमुख उपेन्द्र बहादुर थापा लगाएतको उपस्थितीमा उद्घाटन गरिएको छ । करिव ४० घर धुरी रहेको माल्लाफेका नगरिकहरु ओहोर दोहोर गर्न र बिद्यार्थीहरुलाई बिद्यालयमा जान थप सहजभएको बयकले बताउनुभएको छ ।
६५ मिटर लम्वाइ रहेको पुलको पञ्चपुरी नगरपालिकाको १३ प्रतिशत SWAP संस्थाको ८५ प्रतिशत र स्थानियको २ प्रतिशत जनश्रमदान बाट निर्माण भएको हो । पुल निर्माणमा सामाजिक तथा प्राबिधिक सहयोग ग्रामिण बिकास सेवा केन्द्र दैलेखले गरेको हो ।