आवाज संस्था सुर्खेतले पञ्चपुरी नगरपालिकामा स्वास्थ्य सामाग्री सहयाेग गरेकाे छ । आज संस्थाका कर्मचारी सुशील कुमार कार्कीले नगर उपप्रमुख मुक्ति रेग्मी र स्वास्थ्य कर्मचारीलाई सामाग्री सहयोग गरेका हुन ।
संस्थाले २ लाख ४७ हजार १ सय ९८ रुपैयाँ बराबरको पिपिइ सेट, सर्जिकल मास्क, ग्लाेव्स,अक्सिमिटर, थर्माेगन सामाग्रि सहयोग हस्तान्तरण गरेकाे हाे । पञ्चपुरीका ११ अाेटा स्वास्थ्य संस्था र कुईनेमा सञ्चालनमा रहेकाे हेल्थ डेस्ककाे लागि स्वास्थ्य सामाग्रि प्रयाेग गरिने छ ।
सामाग्री बुझ्दै नगर उपप्रमुख रेग्मीले संस्थाले गरेकाे सहयोग प्रति धन्यवाद दिदै काेराेना महामारीको समयमा सबैले स्वास्थ्य मापदण्ड पालना गर्न सबै नगरवासीलाई आग्रह समेत गर्नुभएको छ ।