सुर्खेतको पञ्चपुरीमा रहेको पञ्चपुरी जेष्ठ नागरिक सञ्जालको प्रथम साधारणसभा बाबियाचाैरमा सम्पन्न भएको छ । नगरपालिका भित्रका सम्पुर्ण वडा हरुका जेष्ठ नागरिक हरुकाे भेला बाबियाचाैरमा भएको हाे । कार्यक्रमकाे उद्घाटनमा बाेल्दै पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्र बहादुर थापाले जेष्ठ नागरिक काे एकता गर्न नगरपालिका बाट बजेट बिनियाेजन गरेकाे समेत बताउनुभयाे ।

अागामी दिनमा नगरपालिका बाट अाबश्यक सहयाेग गर्ने प्रतिबद्धता समेत जनाउनुभयाे । कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत माेहनबहादुर बुढाले सामाजीक सुरक्षा भत्ता सहजरुपमा वडावाट बितरणका लागि पहल गर्ने बताउनुभयाे । कार्यक्रममा वडा नं ८ का अध्यक्ष भक्तिप्रसाद पाैडेल, वडा नं १० का अध्यक्ष हरिप्रसाद ढकाल वडा नं ९ का अध्यक्ष शान्ति राज खराल, महिला बालबालिका शाखा प्रमुख पबित्रा गाैतमले शुभकामना दिनुभएको छ ।

भेलाले गंगाराम देउवाकाे अध्यक्षतामा नया कार्यसमिति समेत गठन गरेकाे छ । जसकाे उपाध्यक्षमा देविसरा सापकोटा, सचिब ईन्द्र बहादुर वाग्ले, काेषाध्यक्ष भवानी प्रसाद सिग्देल र सहसचिव पदमलाल कडेल रहनुभएकाे छ । त्यसैगरी सदस्यहरुमा देवबहादुर राना, दयाराम लम्साल, कृष्णराज तिमिल्सिना, टिकाराम सापकाेटा, नन्दराम देबकाेटा र नरबहादुर रेगामि रहनुभएकाे छ । भेलाले उपेन्द्रबहादुर थापा, मनिराम भण्डारी, केशवराज पाठक, मनबहादुर कामी र पबित्रा तारामीलाइ सल्लाहकार समितिमा राखेकाे छ । कबिता साेडारीले संचालन गरेकाे साधारणसभा गंगाराम देउवाकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।