सुर्खेत ।
सुर्खेतको पञ्चपुरीमा एक युवक मृत अवस्थामा फेला परेका छन् । पञ्चपुरी नगरपालिका–६ को कुवापानीमा सोही ठाउँ बस्ने वर्ष १८ का भरत वुढा मृत अवस्थामा फेला परेका हुन् । साेमबार राति १ बजेको समयमा बुढा घरभन्दा केही मिटर टाढा बाख्राकाे खाेर नजिकै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कुष्णबहादुर खड्काले जानकारी दिएका छन ।
उनका अनुसार बुढाको शरीरमा चोट लागेको देखिएको छ । मृतक बुढाकाे बहिनी प्रेमकला बुढाकाे खुट्टामा चाेट लागेकाे छ । हाल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी उपरीक्षक योगेन्द्रसिँह थापाको टोली र कोहलपुरबाट तालिम प्राप्त कुकुर सहितको अनुसन्धान टोली खटिएको छ ।
घटना शंकास्पद रहेको निरीक्षक खड्काकाे भनाई रहेको छ । घटनास्थलको प्रकृति हेर्दा र चोटपटक लागेको देख्दा घटना शंकास्पद छ । घटनाको अनुसन्धानका लागि कोहलपुरबाट तालिम प्राप्त कुकुर सहितको टोली ल्याइएको छ । घटना स्थलमा कर्णाली प्रदेश प्रहरी कार्यालयकाे अनुसन्धान ब्युराेकाे टाेलि र इलाका प्रहरी कार्यालय बाबियाचाैरकाे टाेली पनि खटिएको छ ।