देबिडाडा सामुदायिक बनकाे अध्यक्षमा घिमिरे,

देविडाडा सामुदायिक बन उपभोक्ता समुह पञ्चपुरी ९ कालावनको उपभोक्ता भेला अाज सम्पन्न भएको छ । पञ्चपुरी ९ काे कालावनमा भएको भेलाबाट हेमन्त घिमिरेकाे अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति समेत गठन गरिएकाे छ । जसकाे उपाध्यक्षमा खगिसरा भण्डारी, सचिब टिकाराम भण्डारी, सहसचिव रामबहादुर बि क, काेषाध्यक्ष सारदा गाैतम रहनुभएकाे छ ।

त्यसैगरी भेलाले सदस्यहरुमा सुक्मा गुरुङ, दुर्गा पाैडेल र पदमबहादुर बिकलाई चयन गरेकाे छ भने बाकि ३ जनालाई समितिले मनाेनित गर्ने जनाएको छ । नया कार्यसमिति लाई सफलताकाे शुभकामना दिदै भेलाले सामुदायीक वनकाे बिकासका लागि कार्यसमितिलाई अाबश्यक सहयोग गर्ने समेत जनाएको छ । भेला सामुदायिक वनका अध्यक्ष डिल्लीराम घिमिरेकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...