पञ्चपुरीका बिद्यालयले बिद्यार्थीलाइ अर्गानिक खाजा खुवाउदै,

सुर्खेतकाे पञ्चपुरी नगरपालिका ५ मा रहेकाे बिद्याज्याेती माद्यामिक बिद्यालयले बालबिकास देखि कक्षा ५ सम्मका बिद्यार्थीलाई बिद्यालयमै खाजा बनाएर खुवाउन थालेकाे छ । सरकारले प्रत्येक बिद्यार्थी बराबर १५ रुपैया दैनिक खाजा बापत रकम उपलब्ध गराउदै अाएकाे छ । बिद्यालयमा दिवा खाजा सुरु भएपछि पञ्चपुरीका सामुदायिक बिद्यालय मा बिद्यार्थीहरु नियमित बिद्यालय अाउन थालेका छन । बिद्यालयले प्रत्येक दिन फरकफरक खाजा खुवाउने गरेकाे बिद्यालय का प्रा बि ईञ्चार्ज हिरामणी पाैडेलले जानकारी दिनुभयाे ।

“पहिले भर्ना भएका बिद्यार्थी बिद्यालय अाउदैनथे खाजा खुवाउन सुरुवात गरेपछि नियमित बिद्यालय अाउनेकाे संख्या बढेको छ र बिचैमा पढाइ छाेडेर घरमा जाने समस्या पनि घटेको छ” पाैडेलले भन्नुभयाे । बिद्यालयमा अहिले २ सय १० जना भन्दा बढि बिद्यार्थीहरु प्राथमिक तहमा अध्ययन गरिरहेका छन । बिद्यालयले बिद्यालयमा कार्यरत कर्मचारीलाई दैनिक खाजा बनाउने जिम्मा दिएकाे छ । भाेलिपल्ट खाने खाजाकाे बारेमा शिक्षकहरुले बिद्यार्थी संग सल्लाह गर्ने र त्यहि अनुसार खाजा बनाउने समेत गरिएको छ । दैनिक बिद्यालयमा बिद्यार्थीकाे उपस्थिति अनुसार खाजाकाे रकम भुक्तानी दिने गरेकाे बिद्यालयले जनाएको छ । बिद्यालयका शिक्षकहरुले दैनिक खाजाकाे गुणस्तर, सरसफाइ, परिमाणकाे बारेमा अनुगमन गर्ने र बिद्यार्थी लाई खाजा खुवाउन सहजिकरण गर्ने गरेका छन ।

त्यस्तै पञ्चपुरी २ पलैटेकाे सुर्यप्रकाश माध्यमिक बिद्यालयले बिद्यालयकाे हातामा रहेकाे खाजा घरमै बिद्यार्थीलाई खाजा खुवाउन थालेकाे छ । बिद्यालय का प्रधानाध्यापक काे संयाेजकत्वमा अनुगमन समिति बनाएकाे छ । बिद्यालयले हप्ताभरी खुवाउने खाजाकाे तालिका बनाएर अगाडि नै पसलमा दिने गरेकाे छ । पुर्णरुपमा अर्गानिक खाजा खुवाउने गरेकाे बिद्यालयलयका प्रधानाध्यापक गणेशकुमार ढकालले जानकारी दिनुभएको छ ।

यता पञ्चपुरी नगरशिक्षा शाखा प्रमुख तुलसी केसीले खाजा बापत अभिभावक लाई नगद दिने भन्दा बिद्यालयले अाफै खाजा बनाएर खुवाउने ब्यवस्था प्रभावकारी रहेकाे बताउनुभयाे । बिद्यालयमा नगरशिक्षाले बितरण गरेकाे टिफिन बक्स उपयाेगी भएको र नगरशिक्षाले पनि निरन्तर अनुगमन गर्ने गरेकाे बताउनुभयो । बिद्यालयले खाजा खुवाएकाे हाजिरी कार्यालयमा बुझाएमा चाैमासिक रुपमा बिद्यालय लाई रकम भुक्तानी दिने भएको छ । पञ्चपुरी का ५३ अाेटा सामुदायिक बिद्यालयमा दिवा खाजा कार्यक्रम सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...