धर्मेन्द्र समातिँदा फुत्किए प्रकाण्ड र पुन ?

ललितपुरको विकट क्षेत्रमा पर्ने बागमती गाउँपालिकाको गिम्दीमा बुधबार विशेष ब्युरोको टोली सर्भिलेन्समा हिँडिरहेको थियो । मकवानपुरको सीमा क्षेत्रमा पर्ने इलाकामा समूहले गतिविधि गरिरहेको सूचना पाएपछि खटिएको टोलीको चार वटा शंकास्पद मोटरसाइकलसँग जम्काभेट भयो ।

दुई वटा मोटरसाइकललाई रोक्दा अन्य दुई त्यहाँबाट फुत्किए । रोकेपछि थाहा भयो, मोटरसाइकलमा धर्मेन्द्र बाँस्तोला र विवेक कुमाल रहेछन् । सामान्य शंकाकै आधारमा सोधपुछ गर्न खोज्दा प्रहरी अधिकृतहरु विप्लव समूहका तेस्रो वरियताका नेता धर्मेन्द्र बाँस्तोला र प्रकाण्ड निकट नेता कुमाल समात्न सफल भए ।

बाँस्तोला समूहको पश्चिम कमाण्ड इञ्चार्ज, सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख समेत हुन् । कुमाल समूहका प्रवक्ता प्रकाण्ड निकट सेती महाकाली ब्युरोका नेता हुन् ।

समूहका शीर्ष नेता बाँस्तोला पक्राउ परेपछि बल्ल अधिकृतहरुले दुई मोटरसाइकल फुत्किएको सम्झिए । ‘थोरै संख्यामा भएकाले समस्या भयो, नत्र थप दुई जना शीर्ष नेता समातिने थिए’, अपरेशनमा संलग्न अधिकृतहरू भन्छन् ।

स्रोतका अनुसार त्यसक्षेत्रमा प्रकाण्ड र केन्द्रीय सदस्य चिरन पुनसमेत रहेको सूचना प्रहरीसँग थियो । उनीहरु नै मोटरसाइकलमा रहेको हुनसक्ने आशंका अनुसन्धान अधिकृतहरुको छ ।

मकवानपुरको सीमा क्षेत्रमा समूहको गतिविधि बाक्लो छ । संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि समूहले गतिविधि बढाएको सुरक्षा संयन्त्रको विश्लेषण छ । समूहमाथि सरकारले २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो । onlinekhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...