जलयात्रा व्यवसायीहरूको संस्था नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज ( नारा) को ३६ औँ साधारण सभाबाट एड्भेन्चर रिभर ट्रेल प्रालिका कमल बहादुर ठकुरीको अध्यक्षता ७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ।
उपाध्यक्ष हिमालयन रिभर अपरेटर्स नेपाल प्रालिका शुकबहादुर लामा , महासचिवमा नेभिगेट आउटडोर्स प्रालिका चुरामणि अर्याल, सचिवमा कर्णाली राफ्टिङ एन्ड एड्भेन्चर प्रालिका सञ्चालक देवराज जैसी र सह- कोषाध्यक्षमा लस्ट प्याडल प्रालिका गोविन्द पाठक चयन भएका हुन्। सदस्यहरूमा बिग स्माईल नेपाल प्रालिका विष्णु गुरुङ र एम बिए स राफ्टिङ प्रालिका सन्चिव कुमार तामाङ चयन भएका छन्।