सुर्खेतकाे पञ्चपुरी नगरपालिकाले अस्थायी काेराेना अस्पताल संचालनमा ल्याएकाे छ । पञ्चपुरी नगरपालिका काे बाबियाचाैर मा अस्पताल संचालनमा अाएकाे हाे । अस्पतालमा काेराेना संक्रमित हरु राख्नकाे लागि बेड समेत तयार गरिएको नगरपालिकाले जनाएको छ । ५ अाेटा बेड रहेकाे अस्पताल बाट काेराेना राेग नियन्त्रणका लागि जनचेतना फैलाउने, संक्रमितकाे ब्यबस्थापन गरिने भएको छ ।

अस्पताल काे उद्घाटन गर्दै पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्र बहादुर थापाले काेराेना राेग नियन्त्रण पछि अस्पताल लाई सरुवा राेग नियन्त्रण अस्पतालकाे रुपमा बिकास गर्ने बताउनुभएको छ । साथै उहाले समुदायमा काेराेना फैलिरहेकाे र यसकाे राेकथामकाे प्रमुख भुमिका ब्यक्तिगत सावधानी नै भएको हुदा सरसफाइ र सामाजिक दुरी कायम राख्न सबैलाई अाग्रह समेत गर्नुभएको छ ।