समाज रुपान्तरण तथा छुवाछूत निवारणका लागि ३ दिने नगर स्तरिय अभिमुखिकरण कार्यक्रम अाज देखि सुर्खेतकाे बाबियाचाैरमा सुरु भएको छ । दलित शसक्तिकरण समाज पञ्चपुरीकाे अायाेजनामा भएको कार्यक्रममा १ सय ५० भन्दा बढिकाे सहभागीता रहेकाे छ । पञ्चपुरी नगरपालिका भित्रका सम्पुर्ण वडाका दलित समुदायको सहभागीता रहेकाे कार्यक्रममा कानुनि तथा जातिय विभेद र शसक्तिकरणका बिषयमा छलफल हुने संस्थाका काेषाध्यक्ष तेज बहादुर राेकायले जानकारी दिनुभयाे ।
कार्यक्रमकाे उद्घाटनमा बाेल्दै पञ्चपुरी नगरपालिका उप प्रमुख मुक्ति रेग्मीले जातिय बिभेदलाई समाजबाट हटाउन संस्थाले अभियान संचालन गर्न अाबश्यक रहेकाे बताउनुभयाे । कार्यक्रमका प्रमुख अतिथि पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्रबहादुर थापाले छुवाछूत अन्त्य गर्ने अभियानमा छाउपडि प्रथालाई पनि संगै जाेडेर लैजानुपर्ने बताउनुभयो । दलित समुदायकाे अायअार्जन र शसक्तिकरणका लागि नगरपालिका बाट पनि कार्यक्रम गर्दै अाएकाे र अागामि दिनमा अाबश्यक सहयाेग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
संस्थाका अध्यक्ष कृष्णबहादुर बिकले पुरानाे साेच र संस्कारलाई ताेड्दै दलित समुदाय राज्यका हरेक निकायमा नेतृत्व गर्न जरुरी रहेकाे बताउनुभयो । ३ दिन सम्म हुने कार्यक्रम काे सहजिकरण भिम शाहि परियार र रमेश साेनामले सहजिकरण गर्नुहुनेभएकाे छ ।