सुर्खेत पञ्चपुरी वडा नं. ६ को कार्यालयले आज एक कार्यक्रमका बिच स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । आर्थिक बर्ष ०७९÷०८० को बिनियोजित कार्यक्रमबाट वडा भित्रका ९ जना स्वास्थ्य स्वयंसेविका सम्मानित भएका हुन ।
सम्मान कार्यक्रममा वडा अध्यक्ष नर बहादुर सिजापतिले स्वास्थ स्वयंसेविकाहरु स्वास्थ्य क्षेत्रमा मात्र नभई समाज हुने कुनै पनि घटना हरुको जानकारी दिने गरेको हुदा अझै थप प्रभावकारी बनाउन वडाबाट स्वयंसेविकाहरुलाई आवश्यक सहयोग गर्ने समेत बताउनुभएको छ

कार्यक्रममा स्वास्थ्य स्वयंसेविका कृष्णा बिष्टले आफुहरुलाइ काम गर्न वडा कार्यालयले गरेको सम्मानले थप हौसला बढाएको बताउनुभएको छ । कार्यालयले प्रति स्वास्थ्य स्वयंसेविका सञ्चार खर्च बापत रु ५ हजार ५ सय ५५ नगद प्रदान गरेको प्रेम सुनारले जानकारी दिनुभएको छ ।











