पञ्चपुरी नगरपालिका स्वास्थ्य शाखा बाबियाचाैरकाे अायोजना मा स्वास्थ्य शिबिर सम्पन्न भएको छ । सुर्खेतकाे पञ्चपुरी नगरपालिका वडा न १ काे हाँसेगाउमा परिवार नियाेजन, अाईयुसिडि, ईम्प्लान्ट, क्षयरोग, खकार जाँच सम्बन्धि स्वास्थ्य शिबिर सम्पन्न भएकाे स्वास्थ्य शाखा पञ्चपुरीले जनाएको छ । शिबिरको उदघाटन गर्दै पञ्चपुरी नगरपालिका उप प्रमुख मुक्ति रेग्मीले स्वास्थ्य नै मानवकाे महत्त्वपूर्ण बिषय भएको हुदा यस बिषयमा सबै सचेत हुन अाग्रह गर्नुभयो । रेग्मीले मानिस स्वस्थ भएमा समुदायको बिकास हुने भएको हुदा ब्यक्तिगत सरसफाइमा ध्यान दिन सबैलाई अाग्रह समेत गर्नुभएको छ ।
कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष धनबहादुर थापा, स्वास्थ शाखा संयोजक गंगादेव पुरी, सह सयोजक कृष्टिना सापकोटा, सालकोट अस्पतालका निमित्त प्रमुख तारा बुढा लगाएतको उपस्थिति रहेको थियोे । शिबिरमा परिवार नियोजन क्षयरोग खकार परिक्षण लगायत स्वास्थ सेवा प्रदान गरिएकाे छ । यसपछि शिबिर तिखाकुना र दह सान्नेमा संचालन हुने भएको छ ।