बराहताल गाउँपालिका-५, मा रहेको बड्डीचौर सह-लगानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको स्किम नं. १ को बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले शिलान्यास गरेका छन । स्किम नं. १ को चेपाङ, रक्सेनी, बसन्तपुर र बुटी खण्डमा सञ्चालन हुने आयोजनाको शिलान्यास गरिएको हो ।
सुर्खेतको बराहताल गाउँपालिका वडा नं. ५, ६, ७ र ८ का करिव १२ सय घरधुरीलाई पानीको पहुँचमा पुर्याउन संस्थाले नगर विकास कोषसँग ३ करोड १८ लाख ७४ हजार ८ सय रुपैयाँ ऋण सम्झौता समेत गरेको छ।

शिलान्यास कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष तिलक बहादुर मर्साङ्गि मगर, वडा नं. ७ का वडाध्यक्ष कुल बहादुर बुचा मगर, संघीय खानेपानी तथा ढल ब्यबस्थापन आयोजना कार्यलय सुर्खेतका ईन्जिनियर महेन्द्र सिं थारु, बड्डिचौर सह-लगानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका पदाधिकारी र उपभोक्ताहरुको सहभागिता रहेको थियो ।
बड्डीचौर सह-लगानी खानेपानी तथा सरसफाइ आयोजना निर्माणमा कुल १५ करोड ९३ लाख ७४ हजार रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।