पञ्चपुरी र चाैकुनेमा याे बर्ष ८ सय ७१ जनाले राेजगार पाउने,

24 पटक हेरिएको

प्रधानमन्त्री राेजगार कार्यक्रम अन्तरगत पञ्चपुरी मा ४ सय ५ जनाले राेजगार पाउने भएका छन । अा ब २०७७/०७८ १८- ५९ बर्ष उमेर समुहका राेजगार सेवा केन्द्र मा सुचिकृत भएका बेरोजगार हरुले १ सय दिन बराबरको काम पाउने भएका छन । पञ्चपुरी नगरपालिका काे प्रत्येक वडा बाट छनाैट भएका २२ अाेटा याेजनाहरु यसै अार्थिक बर्षमा सम्पन्न हुने भएका छन ।

पञ्चपुरीमा २१ अाेटा सडक निर्माण तथा मर्मत का लागि याेजना छनाैट भएका छन भने एउटा याेजना बाढिपहिराे राेकथाम तथा तटबन्ध रहेकाे पञ्चपुरी का राेजगार संयाेजक अदनसिंह भण्डारीले जानकारी दिनुभएको छ । “गत बर्षमा बजेट ढिलाे अाउथ्याे १ सय दिन राेजगार दिन सकेका थिएनौं १५-२० दिनकाे मात्रै काम हुन्थ्यो, यस बर्ष समयमै बजेट अाएकाे हुदा सरकारकाे न्युनतम मापदण्ड अनुसार १ सय दिन बराबरको राेजजार दिन्छाैं यसबाट साेचे अनुसारकाे काम हुन्छ” भण्डारीले भन्नुभयो । पञ्चपुरी काे वडा नं ९ मा मंगलबार देखी काम सुरु हुनेभएको छ ।

यसैबीच चाैकुने गाउपालिकाले पनि सुचिकृत भएका बेरोजगारहरुलाई अाईतबारदेखि राेजगारमुलक काम उपलब्ध गराएकाे छ । चाैकुनेका १० अाेटा वडामा २३ अाेटा याेजना छनाैट भएका छन भने ४ सय ६६ जनाले राेजगार पाउने भएका छन । चाैकुनेमा याे बर्ष २ कराेड ४१ लाख १५ हजार रकम अाएकाे चाैकुने का राेजगार संयाेजक भिम रावलले जानकारी दिनुभयाे । राेजगार कार्यक्रममा सहभागी हुनेले दैनिक ५ सय १७ रुपैयाँ पाउने भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...