नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कल्याण गुरुङ, प्रदीप पौडेल र जीवनबहादुर शाहीलाई केन्द्रीय सदस्य पदमा मनोनीत गरेका छन् ।
उनीहरु तीनै जना १४औं महाधिवेशन पदमा पराजित भएका थिए । गुरुङ सभापतिमा, पौडेल महामन्त्रीमा र शाही सहमहामन्त्री पदमा उम्मेदवार थिए ।
सभापति देउवाले यसअघि १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । देउवाले शनिबार रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।