पञ्चपुरी ६ का खेलाडीलाई खेलकुद ड्रेस सौजन्य

१४ कार्तिक सुर्खेत ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि बखतबहादुर शाहीले पञ्चपुरी नगरपालिका वडा नम्बर ६ का खेलाडीहरूलाई खेलकुद ड्रेस सौजन्य गर्नुभएको छ।

सौजन्य गरिएको १८ सेट खेलकुद ड्रेस नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति इन्द्रबहादुर रावलमार्फत खेलाडीहरूलाई हस्तान्तरण गरिएको हो।

खेलाडीहरूलाई खेलकुद क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले ड्रेस सौजन्य गरिएको जनाइएको छ। ड्रेस हस्तान्तरण गर्दै क्षेत्रीय सभापति रावलले खेलाडीहरूलाई आगामी खेलकुद प्रतियोगितामा सफलताको शुभकामना व्यक्त गर्नुभयो।

उहाँले खेलकुदले युवाहरूमा अनुशासन, एकता र आपसी सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै खेलाडीहरूको हौसला बढाउन आफू सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

खेलाडीहरूको क्षमता विकास तथा खेलकुद क्षेत्रको प्रवर्द्धनका लागि यस्ता सहयोगले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको मदन रिमालले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search