सूर्यप्रकाश मावि पलैटेकाे शिक्षक अभिभावक संघमा कार्की चयन

38 पटक हेरिएको

१४ भदौ , सुर्खेत

पञ्चपुरी नगरपालिका–२ पलैटेमा रहेको श्री सूर्य प्रकाश माध्यमिक विद्यालयमा शिक्षक–अभिभावक संघ गठन गरिएको छ ।
आज २०८३ भदौ १४ गते विद्यालयमा आयोजित बृहत् अभिभावक भेलाले अभिभावकहरूको उत्साहपूर्ण सहभागिताबीच नयाँ शिक्षक–अभिभावक संघ गठन गरेको हो ।
भेलाबाट सुरज कार्कीको अध्यक्षतामा ११ सदस्यीय शिक्षक–अभिभावक संघ गठन गरिएको छ। नवगठित संघको सदस्यमा भावना रोकाय, लक्ष्मी विक, दिपकला थापा, शान्ति कसेरा, सपना पहराइ, हिमाल चपाई, उमा सलामी मगर र तिलक रोकाय चयन भएका छन्।
त्यस्तै विद्यालयका प्रधानाध्यापक टिकाराम बास्तोला र विद्यालय व्यवस्थापन समिति अध्यक्ष यामबहादुर विसी पदेन सदस्य रहने व्यवस्था गरिएको छ।
नवगठित शिक्षक–अभिभावक संघलाई विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यालय र अभिभावकबीचको सम्बन्ध सुदृढीकरण तथा विद्यार्थीको समग्र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। विद्यालयले नवगठित संघका पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search