भुक्तानी नभएको भन्दै वडा अध्यक्षद्वारा नगरपालिकामा तालाबन्दी

34 पटक हेरिएको

३० असार सुर्खेत

पञ्चपुरी नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष धनबहादुर माझीले उपभोक्ता समितिमार्फत सम्पन्न भएको योजनाको करिब २ लाख रुपैयाँ भुक्तानी नभएको भन्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्।
वडा अध्यक्ष माझीले उपभोक्ता समितिले योजना सम्पन्न गरिसकेको भए पनि भुक्तानी नहुँदा उपभोक्ता तथा स्थानीय नागरिक मर्कामा परेको भन्दै तालाबन्दी गर्न बाध्य भएको बताएका छन्। उनका अनुसार पटक–पटक सम्बन्धित निकायसँग भुक्तानीका लागि आग्रह गर्दा पनि समस्या समाधान नभएपछि दबाबस्वरूप तालाबन्दी गरिएको हो।
तालाबन्दीपछि नगरपालिकाको दैनिक प्रशासनिक सेवा प्रभावित भएको छ। सेवाग्राहीहरू आवश्यक कामका लागि कार्यालय पुगे पनि सेवा लिन नपाउँदा फर्किन बाध्य भएका छन्।
यस विषयमा नगरपालिकाको आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन। नगरपालिकाका जिम्मेवार पदाधिकारीसँग छलफल गरी समस्या समाधान गर्ने प्रयास भइरहेको स्थानीय स्रोतले जनाएको छ।
स्थानीयवासीले उपभोक्ता समितिबाट सम्पन्न भएका योजनाको समयमै भुक्तानी हुने व्यवस्था मिलाउन तथा विवादलाई वार्ता र संवादमार्फत समाधान गर्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search