१२ चैत, सुर्खेत
सुर्खेतको पञ्चपुरी नगरपालिका र अछामको तुर्माखाद गाउपालिका बिचको कर्णाली नदिमा फेरी सञ्चालनमा आउने भएको छ । फेरी -डुंगा) सञ्चालनको तयारीका लागि नगर प्रमुख लालवीर भण्डारी अनुगमन गर्नुभएको छ । जंगलाघाटमा निर्माण भएर सञ्चालनमा आउन लागेको फेरीले कैलालीबाट सुर्खेत हुदै अछाम आवतजावत गर्नको लागि यात्रुलाइ सहज हुने भएको छ ।
नदिमा बन्दै गरेको पुलको काममा केही ढिलाइ हुने भएको कारण तत्कालका लागि फेरी सञ्चालनमा आउन लागेको नगर प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

अबको केही दिनमै प्राबिधीकरुपमा ब्यबस्थापन गरेर फेरी सञ्चालन आउन लागेको हो ।
कर्णाली नदीमा फेरी -डुंगा) निर्माण भई यातायाता सेवा सञ्चालनमा आएपछि सुदुरपश्चिमको अछाम, कर्णालीका सुर्खेत र कैलालीका नागरिकहरुको ब्यापार ब्यावसाय तथा सहज हुने भएको छ । फेरी सञ्चालनमा आउन लागपछि स्थानिय नागरिकहरु खुसी भएको र निर्माणाधिन पुलको कामलाइ पनि तिब्र गतिमा अगाडि बढाउन समेत माग गरेका छन ।












