१४ पाैष, सुर्खेत ।

बिद्याज्योति माध्यमिक बिद्यालय पञ्चपुरी ५ बाबियाचौरको अभिभावक भेला आज बाबियाचौरमा सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिको सदस्य छनोट र शिक्षक अभिभावक संगठनका लागि भेला भएको हो । आज भएको अभिभावक भेलाबाट विद्यालयकाे शिक्षक अभिभावक संघकाे अध्यक्षमा प्रकाश न्याैपानेलाई चयन गरिएको छ ।

त्यसैगरी सदस्यहरूमा मनिषा रिमाल, सिता रावल काेकिला कठायत, सुवाश कुमार बाेगटी र अमर कार्कीलाई चयन गरिएको छ । त्यसैगरी भेलाले विद्यालय व्यवस्थापन समितिका लागि तीन जना सदस्यहरू छनोट गरेको छ। जसमा रणबहादुर महतरा, राधा रिमाल र भरत सिंह रहनुभएको छ । बाँकी सदस्यहरू छनोट गर्न भेला शिक्षक अभिभावक सङ्घका अध्यक्ष मनिराम भण्डारीको अध्यक्षतामा सम्पूर्ण भएको हो ।













