सिगांपुरलाई २ विकेटले हराउँदै नेपालले एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको छ।

नेपालले लगातार दोस्रोपटक उक्त उपाधि हात पारेको हो। अघिल्लो संस्करण पनि नेपालले मलेसियालाई हराउँदै यो उपाधि जितेको थियो।
शनिबार भएको फाइनलमा सिगांपुरले दिएको १ सय १४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो।












