सुर्खेतमा चट्याङ पर्दा एक जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन् । जिल्लाको भेरीगंगा नगरपालिका–८ कुईरेमा रोपाइँको क्रममा चट्याङ पर्दा शुक्रबार दिउँसो बिरबहादुर थापाको खेतमा रोपाइँ गरिरहेको अवस्थामा चट्याङ पर्दा डिलबहादुर शाहीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार गम्भीर घाइते भएका उनलाई उपचारका लागि मेहलकुना अस्पताल लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको हो । घटनामा परेर पर्वत विक, हुमबहादुर थापा, नविन विक र सुनिता गिरी सामान्य घाइते भएका छन् । उनीहरूको मेहलकुना अस्पतालमै उपचार भइरहेको छ र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।












