१२ जेठ सुर्खेत ।
ओरेक नेपालको आयोजनामा लैङ्गिक उत्तरदायी र समावेशी शासन प्रवर्द्धनका लागि सामाजिक उत्तरदायित्व सम्बन्धी तालिम सञ्चालन गरिएको छ। सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन भएको तालिममा पञ्चपुरी नगरपालिकामा रहेका महिला सञ्जाल नागरिक समाज मानव अधिकारकर्मी युवा क्लब सञ्चारकर्मी लगायत विभिन्न क्षेत्रका २० भन्दा बढी सहभागीको सहभागिता रहेको छ । दुई दिनसम्म सञ्चालन हुने तालिममा लैङ्गिक समानता अपाङ्गता तथा सामाजिक समावेशीकरण दिगो विकास लगायतका विषयमा छलफल गरिएको छ । तालिममा ओरेक संस्थाको तर्फबाट दिलकुमारी बुढा मगरले तालिममा सिकेको ज्ञानलाई व्यवहारमा लागू गर्न आवश्यक रहेको बताउँदै लैङ्गिक समानताका लागि यो तालिमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ । तालिमको सहजीकरण प्रशिक्षक रमा भण्डारीले गर्नुभएको छ । सुर्खेत ,दैलेख, कालिकोट ,डाेल्पा , रुकुम पश्चिम काे १२ ओटा पालिकामा लैङ्गिक उत्तरदायी र समाबेशी शासन प्रबर्द्धनका लागि UN Women र ओरेकको सहजीकरण स्थानीय तहसङ्गको समन्वय र सहकार्यमा कार्यक्रम सञ्चालन भैरहेको छ ।












