अछामको तुर्माखाँदमा दोस्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता उद्घाटन

हिक्मत बहादुर नेपाली
अछाम जेठ २ ।
अछामको तुर्माखाँद गाउपालिकामा दोस्रो अध्यक्ष कप खुल्ला अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन आज उद्घाटन भएको छ । तुर्माखाद गाउपालिका अध्यक्ष डम्बर बिसीको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा अछाम जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर कुँवर प्रमुख अतिथि रहनु भएको थियोे । कार्यक्रमका प्रमुख अतिथि समन्वय प्रमुख कुँवरले खेलकुद क्षेत्रको विकासका लागि तिनवटै स्थानीय सरकारले समन्वय गरेर काम गर्नुपर्ने बताउनुभयो । पालिकाले आयोजना गरेको प्रतियोगिताले नयाँ भलिबल खेलाडीको क्षमता विकासमा टेवा पुगाउने भएकोले प्रतियोगितामा आयोजना गरेकोमा पालिकालाई धन्यवाद दिनुभयो ।

तुर्माखाद गाउपालिका अध्यक्ष तथा प्रतियोगिता उद्घाटन कार्यक्रमका अध्यक्ष डम्बर बहादुर बिसीले खेलकुदका क्षेत्रमा पालिकाले विविध कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । साथै गत बर्ष देखि अध्यक्ष कप सञ्चालन गरिएको र यसले युवा तथा खेलकुदका क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेकोले प्रतियोगिता लाई निरन्तरता दिईने बताउनुभयो ।
तुर्माखाद पालिकाको केन्द्र तुर्माखादमा अवस्थित श्री कालिकेश्वरी माद्यामिक विद्यालयको प्राङ्गणमा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा जिल्ला स्थित विभिन्न पालिकाका जनप्रतिनिधि विभिन्न संघ संस्थाका प्रतिनिधि शिक्षक विद्यार्थी खेलाडी पत्रकार लगायतको उपस्थिति रहेको थियोे ।

स्वागत मन्तव्य युवा शिक्षा तथा खेलकुद शाखा प्रमुख भिम बहादुर चलाउनेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन पालिकाका कार्यरत रोजगार सहायक जीवन सरोवरले गर्नु भएको थियोे । प्रतियोगितामा १० वटा भन्दा वढी टिमको सहभागीता रहने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...