अमेरिकाले भारत र पाकिस्तानलाई एकअर्काविरुद्ध आक्रमण गर्न बन्द गर्न आग्रह गरेको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलनमा उक्त अपिल गरेकी हुन्।

पत्रकारहरूको प्रश्नको जवाफमा ब्रुसले भनिन्, ‘अमेरिकाको सन्देश हिंसा, सैन्य कारबाही र युद्ध बन्द हुनुपर्छ भन्ने हो। मध्य पूर्वमा यो प्रमाणित भइसकेको छ कि युद्धबाट कुनै पनि समाधान निस्कँदैन।’
उनले थपिन्, ‘युद्ध, सेना र हिंसा समाधान होइनन्। नयाँ विचार र कूटनीति नै पुस्तौँदेखि चल्दै आएको हिंसा र समस्या रोक्ने एक मात्र समाधान हो।’












