फोन गर्न घाम लाग्नुपर्छ पश्चिम सुर्खेतमा, कुहिरो संगै हराउछ फोनको नेटवर्क,

कर्णाली प्रदेशको राजधानी सुर्खेत देखि करिब ५० किलोमिटर पश्चिममा रहेका बराहताल, पञ्चपुरी, चौकुने र कैलालीको महोन्याल गाउपालिकामा रहेका नागरिकहरुले फोन गर्नको लागि सास्ती खेप्नुपरेको छ ।

राष्टको सञ्चारको रुपमा रहेको नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा अत्यावश्यक कामका लागि फोन सम्पर्क गर्न खोज्दा घाम कुर्नुपर्ने अबस्था रहेको छ । आकाशमा बादल र कुइरो लाग्दा पश्चिम सुर्खेतको फोनले काम गर्न छोड्छ । पञ्चपुरीको बाबियाचौरमा रहेको ल्याण्डलाइन फोन र नेटले पनि कर्मचारीको कार्यालय समय जस्तै बिहान १० बजे देखि साझ ५ बजे सम्म मात्रै काम गर्छ ।

दुरसञ्चार कार्यालय सुर्खेतमा बारम्बार फोन गरेपनि कार्यालय प्रमुख संग कुरा गर्नको लागि मुस्किल पर्ने गरेको छ । यस अघि नेकपा माओबादि केन्द्र पञ्चपुरी नगर कमिटिले सुर्खेतको कार्यालयमै पुगेर ज्ञापन पत्र समेत बुझाएको छ । कार्यालय प्रमुखले तत्काल समस्यालाइ समाधान गर्ने प्रतिबद्धता जनाएपनि अहिले सम्म कुनै परिबर्तन भएको छैन । सम्बन्धीत निकाय र यस क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरुले पनि सञ्चारको बिषयमा प्रभावकारी रुपमा काम गरेका छैनन ।

यस क्षेत्रका बिन्दमान बिष्ट कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री, पुष्पा घर्ती उपसभामुख, यज्ञबहादुर बुढा क्षेत्री कर्णाली प्रदेश सांसद, छबिलाल सिग्देल जिल्ला समन्वय प्रमुख, नन्दा शर्मा र नवराज रावत केन्द्रीय सांसदको रुपमा प्रतिनिधित्व गरिरहेका छन । ६ जनाले पश्चिम सुर्खेतको नेतृत्व गरेर सकारमा जादा पनि सञ्चारको बिकास नहुनु दुर्भाग्यको कुरा हो ।
स्व. तप्तबहादुर बिष्टले संचार राज्य मन्त्री हुदा निर्माण गरेको टेलिकमका टावरमा न त सिस्टम जोडिएको छ, न त बन्दै गरेका टावरको काम सम्पन्न भएका छन ।

बाबियाचौर र पलैटे बजारमा फोर जि सेवा जोडेर चर्चा कमाउन खोजिए पनि अहिले फोनले समेत काम नगर्दा नागरिकहरुले हैरानी बेहोर्नुपरेको छ । बाटो, बिजुलीको बिकास त अलि टाढाको कुरा हो नेपालमा तिब्र बिकास भएको सञ्चार क्षेत्र नै यस्तो हुनु नेताहरुले कति बिकास गरे भन्ने गतिलो उदाहरण हो ।

सरकारी सेतो गाडिमा राष्ट्रिय झण्डा फरफराउदै र कच्ची बाटोमा धुलो उडाउदै आउने नेताहरुलाइ माला र दोसल्ला ओढाउन पश्चिम सुर्खेतका जनताहरु कहिल्यै छोडेका छैनन । पटक पटक नेतृत्व परिवर्तन गराउदै बिकासका लागि जनताले पठाए पनि नेताको जीवनशैली परिबर्तन भयो होला तर पश्चिम सुर्खेतको समस्याको मुहार परिबर्तन भएन । अब पश्चिमका जनताले धुलो, हिलो, अन्धकार र सञ्चार बिहिन भएर कहिले सम्म बस्ने यसको जवाफ नेतृत्वले दिन जरुरी छ र पश्चिम सुर्खेतका जनताले यहि जवाफ खोजिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...