नेपाली काङ्ग्रेस पञ्चपुरी नगर कार्यसमितिको आयोजनामा अर्धबार्षिक समीक्षा कार्यक्रम गरिएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं ११ कुईनेमा आज भएको भेलामा नगरपालिका भित्र नेपाली काङ्ग्रेसले गरेको कामको समीक्षा समेत गरिएको छ ।
नेपाली काङ्ग्रेस पञ्चपुरीको बार्षिक कार्ययोजना अनुसार कार्यक्रम गरिएको हो । कार्यक्रममा पञ्चपुरी नगर कार्यसमितिका प्रतिनिधी, भातृसंघ संस्थाका प्रतिनिधि, नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियोे ।
कार्यक्रमका सहभागी नेता तथा कार्यकर्ताहरुले नगर कार्यसमितिको काम प्रशंसनीय रहेको बताउदै काङ्ग्रेसका नेता कार्यकर्ताहरु चलायमान हुनुपर्नेमा जोड दिएका छन । कार्यक्रम नेपाली काङ्ग्रेस कर्णाली प्रदेशका सदस्य मुक्ति रेग्मीको प्रमुख आतिथ्यता र नगर सभापति कृपाराम थापाको सभापतित्वमा सम्पन्न भएको हो ।
