सुर्खेतमा लागुऔषधसहित पाँचजना पक्राउ,

जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन दिनको अवधिमा लागुऔषधसहित पाँचजनालाई पक्राउ गरेको छ।

यही पुस १२, १३ र १४ गते विशेष सूचनाका आधारमा लागुऔषधसहित पाँचजनालाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ।

पुस १३ गते वीरेन्द्रनगर नगरपालिका– ६ मंगलगढी चोकमा ब्राउनसुगरजस्तो  देखिने खैरो धुलो पदार्थ प्लास्टिकसहित ४.२० ग्राम, शुद्व ३.४० ग्राम र कर्णाली प्रदेश ०२००१ प. ९०१९ नम्बरको मोटरसाइकलसहित दुईजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

१४ गते वीरेन्द्रनगर नगरपालिका– १० पदमपुरमा बाँके कोहलपुर नगरपालिका– ५ का १८ वर्षीय ज्ञानु पौडेललाई ब्राउनसुगरजस्तो देखिने खैरो धुलो पदार्थ प्लाष्टिकसहित १.७७ ग्राम  (शुद्ध १.५४ ग्राम) नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

वीरेन्द्रनगर नगरपालिका– ११ सुब्बाकुनामा बाँके नेपालगन्ज उपमहानगरपालिका– १६ की २५ वर्षीया पूजा खनाललाई नाइट्राभेट ७८ पिस ट्याब्लेट, कोरेयक्स ३.५ सिसी, ट्रामाडोल ३७ पिस ट्याब्लेट, अलफा जोलन ४० पिस ट्याब्लेटसहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

खोजि गर्नुहोस ...