अछामको पञ्चदेवल बिनायकमा बिपि स्मृति भवन उद्घाटन,

अछामको पञ्चदेवल बिनायक नगरपालिका ६ मा निर्माण गरिएको नेपाली काङ्ग्रेसकाे वि.पि स्मृति भवन आज एक कार्यक्रमका बिच समुद्घाट्न गरिएको छ ।

सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले आज भवनको उद्घाटन गर्नुभएको हाे । कार्यक्रममा बाेल्दै मन्त्री देउवाले नेपाली काङ्ग्रेसको याेगदान र कामलाई समुदाय स्तर सम्म सबै नेता तथा कार्यकर्ताले जानकारी दिनुपर्ने बताउनुभएको छ ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ता, पञ्चदेवल बिनायक नगरपालिका वडा न. ६ का वडा अध्यक्ष कमल रावल लगाएतकाे सहभागीतम रहेकाे थियोे ।दिपेन्द्र रावलले सञ्चालन गरेकाे कार्यक्रमकाे अध्यक्षत सभापति बल बहादुर रावलले गर्नुभएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...