भित्तेपत्रिका प्रकाशन तालिम सम्पन्न,

बालबालिकाकाे क्षमता बिकास गर्नकाे लागि बाल समुहका सदस्य हरुलाई भित्तेपत्रिका प्रकाशन सम्बन्धि तालिम सम्पन्न भएको छ ।

कारितास अष्ट्रेलिया, कारितास नेपालकाे सहयाेग र एकता फाउन्डेसनको आयाेजनामा पञ्चपुरीकाे बाबियाचाैरमा तालिम सम्पन्न भएको हाे । नवज्याेति वालसमुह बरैचे, फुलबारी बाल समुह भावर र सृजनशिल बाल समुह चतुरेका ७२ जना बालबालिकालाई भित्ते पत्रिका प्रकाशन सम्वन्धी आधारभुत ज्ञान दिईएकाे छ ।

तालिमपछि सहभागी बालबालिकाले मासिक रुपमा बिद्यालयमा भित्ते पत्रिका प्रकाशन गर्ने प्रतिबद्धता जनाएका छन । एकता फाउण्डेसनले पञ्चपुरीमा बालबालिका र युवाहरुकाे शसक्तिकरणका लागि बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...