वीरेन्द्रनगरका विभिन्न ठाउँबाट अस्पतालमा आफन्त सिकिस्त छन् कुरा गर्नुछ मोबाईल दिनुन भन्दै लिएर फरार हुने दुई जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी कार्यालयमा लिखित उजूरी नै परेपछि प्रहरीले पछिल्लो दुई साता वीरेन्द्रनगरमा उनीहरुलाई पक्राउ गर्न विशेष टोलीले नै परिचालन गरेको थियो । पक्राउ पर्नेमा वीरेन्द्रनगर–१ का अन्दाजी १९ वर्षीय नविन सुनार र १८ वर्षीय रविन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए ।
‘वीरेन्द्रनगरको एयरपोर्ट, कालुञ्चोक लगायतका ठाउँबाट फोन गर्ने बाहानामा मोबाईल चोरी गर्दै आएको उजूरी परेको आधारमा उनीहरुलाई पक्राउ सोमवार पक्राउ गरीएको सुर्खेत प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिबाट प्रहरीले यमाह कम्पनीको भे ७ प ३२५२ नम्बरको मोटरसाईकल, रियलमी र भिभो कम्पनीको मोबाईल समेत बरामद गरेको छ ।