नेपाली कांग्रेसको भातृ संस्था नेपाल बिद्यार्थी संघको आयोजनामा पञ्चपुरी नगरपालिकाको वडा नं ९ को राग र वडा नं. १० को जामुमा रहेको माध्यमिक विद्यालयमा नेबिसंघको कार्यसमिति गठन गरिएको छ ।
वडा नं ९ बिद्याज्योती माद्यामिक बिद्यालय रागमा कञ्चन कुमार पौड्याललाइ अध्यक्षमा चयन गरिएको छ । त्यसैगरी उपाध्यक्ष विकास थापा मगर भुवन शाही, लक्ष्मी तिरुवा, सचिव हेमन्त खराल, दिक्षा कडेल सह–सचिव कमला जैसी, टेकन जैसी कोषाअध्यक्ष दर्शना जैसी रहनुभएको छ ।
वडा नं १० को जनज्योती माद्यामिक बिद्यालयमा अध्यक्ष सन्तोष विश्वकर्मा उपाध्यक्ष रेखा वि क, पारस वि.क. मनिषा वि.सी, झरना तिमिल्सिना, सचिव बिष्णा आचार्य, चेतन टमटा, सह सचिव दिनेश बिक, राजेश बिक, दुर्गा न्यौपाने र कोषाध्यक्ष पारस लोखाडी जैशीलाइ चयन गरिएको छ । कार्यक्रममा बिद्यापुर जनता बहुमखी क्याम्पसका स्वबियु सभापती चेतन नेपाली, मनिषा थापा, प्राप्ती तिमिल्सीना र नेबिसंघ जिल्ला सदस्य डम्बर बादी लगाएतको सहभागिता रहेको थियो ।