उद्योग बाणिज्य संघ पञ्चपुरीकाे अध्यक्षमा बिशेश्वर रावल चयन,

सुर्खेतकाे पञ्चपुरी नगरपालिकामा आज उद्योगी ब्यबसायीहरुकाे भेला सम्पन्न भएको छ । उद्योग बाणिज्य संघ सुर्खेतकाे सहजिकरणमा पञ्चपुरीकाे बाबियाचाैरमा भएको भेलाले पश्चिम क्षेत्रमा उद्योग वाणिज्य संघकाे नगर स्तरीय शाखा बिस्तार गरेकाे हाे । आजकाे भेलाले बिशेश्वर रावललाइ अध्यक्षमा सर्वसम्मत चयन गर्दै १५ सदस्यीय नया समिति गठन गरेकाे हाे ।

त्यसैगरी शाखाको महिला उपाध्यक्षमा नन्दा बुढाक्षेत्री, उपाध्यक्ष टेकबहादुर थापा मगर, सचिव रेमन्त बिसी, सहसचिव प्रेम बहादुर बिक र काेषाध्यक्षमा प्रकाश कडेल रहनुभएकाे छ ।

त्यस्तै सदस्यहरुमा मानवहादुर बयक, अनिता कुमारी थापा, पुर्ण प्रसाद ढकाल, नवीन थापा, माेहनसिं माझी, महानन्द जैशी, बलिराम बिक, प्रेम बिसी र टीका सापकाेटा रहनुभएकाे छ । भेलाले सुर्खेत उद्याेग बाणिज्य संघको पञ्चपुरी शाखा गठन गर्न सहयाेग गर्ने सम्पुर्ण ब्यक्तिहरुलाई धन्यवाद समेत दिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...