जाल्पेश्वरी माध्यमिक बिद्यालय अछामकाे अभिभावक भेला कुईकामा सम्पन्न,

अछाम ।

जाल्पेश्वरी माध्यमिक बिद्यालय पञ्चदेवल बिनायक नगरपालिका १ अछामको १४ औं अभिभावक भेला आज कुईकामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम पञ्चदेवल बिनायक नगरपालिका नगरप्रमुख अम्बिका चलाउनेले बिद्यालयमा पानीको समस्या रहेको र यसकाे समाधानका लागि तत्काल काम अगाडि बढाउने प्रतिबद्धता जनाउनुभएकाे छ । साथै चलाउनेले खेल मैदानका लागि प्रदेश तथा केन्द्र सरकार समक्ष पहल गर्ने समेत बताउनु भएको छ । शिक्षक बिद्यार्थी अभिभावक सबैकाे सहयाेगबाट बिद्यालय राम्रो बन्ने बताउदै उहाले शैक्षिक गुणस्तर बृद्धिका लागि पनि बिद्यालयले चासाे देखाउनुपर्ने बताउनुभएको छ ।

भेलामा शिक्षक अभिभावक संघका सयोजक सागर देबकोटाले आर्थिक बर्ष २०७९-८० को आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा नगर उप प्रमुख हर्क बहादुर रावल, वडा नं १ का वडा अध्यक्ष दुर्गा प्रसाद तिमिल्सैना, शिक्षा शाखा प्रमुख डम्बर थापा, वडा सदस्य पर्शुराम देबकोटा, चेतराज उपाध्याय लगाएत
विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शिक्षक अभिभावक लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष धर्म तिमिल्सैनाको अध्यक्षतामा सम्पन्न भएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...