कर्णाली प्रदेश सभा नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा राजकुमार शर्मा सर्वसम्मत चयन भएका छन् । आज बसेको प्रदेश कमिटी बैठकले शर्मालाई सर्वसम्मत रुपमा दल नेतामा चयन गरेको हो । संसदिय दल नेताका लागि ४ जनाको दाबी भएपनि अन्तमा कालिकोटका दुर्गबहादुर रावत, सुर्खेतका विन्दमान विष्ट र कृष्ण जिसी ब्याक भएका हुन । तीनैजना ब्याक हुँदा शर्मा सर्वसम्मत रुपमा संसदीय दलकाे नेतामा चयन भएका हुन् । शर्मा रुकुम पश्चिम (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।