पञ्चपुरी ११ को जनसिर्जना माद्यामिक विद्यालयमा ४७ सदस्यीय नेबिसंघ गठन

नेपाली कांग्रेसको भातृसंघ नेपाल बिद्यार्थी संघको आयोजनामा आज माद्यामिक बिद्यालय स्तरिय कार्यसमिती गठन गरिएको छ । पञ्चपुरी नगरपालिकाको वडा नं ११ मा रहेको जनसिर्जना माध्यमिक विद्यालयमा ४७ सदस्यीय नेबिसंघको कार्यसमिति गठन गरिएको छ ।
१ सय २० जनाको उपस्थिति रहेको कार्यक्रममा पुजा वि.कको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो । जसको उपाध्यक्षमा मनिषा नेपाली, कृष्णा बिक, सचिब हेमन्त सुनार, नमुना बिक, सह सचिब चादनी बिक, रोशन धमाला, मनिषा मिजार, खगेन्द्र बिक र कोषाध्यक्ष सीता बिक रहनुभएको छ ।
कार्यक्रममा नेबिसंघको इतिहास,स्थापना, बिद्यार्थीको हकहित तथा अधिकारका बारेमा जानकारी समेत दिइएको छ । कार्यसमिती पञ्चपुरी नगरपालिकामा रहेका सम्पुर्ण माद्यामिक तहमा गठन गरिने बिद्यापुर जनता बहुमखी क्याम्पसका स्वबियु सभापती चेतन नेपालीले जानकारी दिनुभएको छ । कार्यक्रममा मनिषा थापा, प्राप्ती तिमिल्सीना र नेबिसंघ जिल्ला उपसभापती लक्ष्मी थापा, सदस्य डम्बर बादी, डोल्मा पौडेल लगाएतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...