डाडादरा सञ्चार सहकारी संस्था लि. द्धारा सञ्चालित सुर्खेतको सामुदायिक रेडियो डाँडादरा एफएम आज देखि ६ बर्षमा प्रबेश गरेको छ । २०७४ सालको पौष महिनामा स्थापना भएको रेडियोले ५ बर्ष पुरा गरेको छ ।
पश्चिम सुर्खेतका नागरिकलाइ सुचना प्रवाह गर्दै आएको रेडियोले अहिले आफ्नै भवनबाट नियमित प्रसारण सेवा दिइरहेको छ । संसारभर रहेका नेपाली नागरिकलाइ पनि सुचना प्रवाह गर्नको लागि रेडियोले अनलाइन, हाम्रो पात्रो, नेपाली पात्रोवाट समेत प्रसारण सेवा सुरुवात गरेको छ ।
छोटो समयमै स्रोताको मन जित्न सफल रेडियोले पञ्चपुरी ७ मा सब स्टेसन राखेर थप सेवा प्रवाह गर्ने योजना बनाएको छ । बार्षिक उत्सवको अवसरमा सहकारी तथा रेडियोका अध्यक्ष यामबहादुर बिसीले कार्यसमिति, आम स्रोता, शेयर सदस्य , बिज्ञापन दाता, जनप्रतिनिधि, लगाएत सबैलाइ धन्यावाद समेत दिनुभएको छ ।
आफ्नै भवनबाट नियमित प्रसारण सेवा दिने यो सुर्खेतको दोस्रो रेडियो हो । हाल रेडियोले दैनिक १५ घण्टा नियमिति प्रसारण सेवा दिइरहेको छ ।
